Bidhya Sagar Honored by NISSAN

August 9, 2026

bidhyasagar काठमाडौं । राष्ट्रिय संस्थागत विद्यालय संघ (NISHAN) ले आयोजना गरेको विशेष सम्मान कार्यक्रममा विध्या सागर इङ्ग्लिस बोर्डिङ स्कुलका शिक्षाकर्मी तथा विद्यार्थी सम्मानित भएका छन्। शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान, प्रभावकारी नेतृत्व र उत्कृष्ट शैक्षिक उपलब्धिको कदर गर्दै विद्यालय परिवारका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको हो। विद्यालयमा लामो समयदेखि समर्पित भई शिक्षा क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएकी रञ्जिता भट्टराईलाई दीर्घकालीन सेवा सम्मान प्रदान गरिएको छ। विद्यालयप्रतिको निरन्तर समर्पण, सेवाभाव र शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँलाई सम्मान गरिएको हो। Source: https://shilapost.com/6592/

← Back to News